भक्तपुर २५ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा बुधबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री , गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको विरोध अरुले पनि गर्न पाउने भएतापनि मधेसी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको बताए ।
प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आएपछि उनले सरकारलाई दिएको समर्थन मेधसी मोर्चाको आजको बैठकले फिर्ता लिएको बताउँदै आजबाट सरकार अल्पमतमा परेको बताए । उनले एक हप्ताको अल्टिमेटम दिएर सरकारको समर्थत फिर्ता लिने अडान लिएको बताए ।
स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको बताए ।
उनले एमालेले आफ्ना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रुपमा घटाइएको घटनाको विरोध जति गरेपनि कम नहुने बताए ।
३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले
काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल । मेष : आम्दानी
By Peoplenepal काठमाडौँ, ३ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री
२ भदौ,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.२ भक्तपुरले ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई सुचिकरण गर्न १५ दिने
बिहिबार, भाद्र २, काठमाडाैं । भोलि शुक्रबार र शनिबार साइबर सुरक्षासम्बन्धी निःशुल्क कार्यशाला हुने भएको