तीन ठूला दल मिलेर भ्रष्टाचार गरे: डा.भट्टराई

Dr-Baburam-Bhattarai-2-copy-5905d086b06696.96608939

९ असार , झापा– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन ठूला दलले मिलेर मुलुकमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

संयोजक भट्टराईले सुशासन र सदाचार नभई मुलुकलाई समृद्ध बनाउन नसकिने समेत बताएका छन् । शुक्रबार झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा पहिलो भ्रष्टाचार रोक्नुपर्ने आवश्यक्ता आंैल्याए । 

संयोजक भट्टराईले समृद्धिका लागि आफ्नो पार्टीले मात्रै ठोस योजना बनाएको दावी गर्दैसमृद्धिको नाममा ठूला दलले झुटा आश्वासन मात्रै बाँड्ने काम गरेको आरोप लगाए । 
 

 

photo

NOC1-250x300