तीन उपप्रधानमन्त्री नियुक्त

Sher-bahadur-deuba-new-pm२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देउवाले सपथ लिएका हुन् ।

उनले सपथ लिएलगत्तै तीन जना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । काँग्रेशबाट उपप्रधान तथा शिक्षा मन्त्रीमा गोपालमान श्रेष्ठ, माओवादी केन्द्रबाट उपप्रधान एवं परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजय गच्छेदार उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा नियुक्त भएका हुन् ।

तीनै जना उपप्रधानमन्त्रीले पनि राष्ट्रपतिबाट सपथ ग्रहण गरेका छन् ।

 

 

photo

NOC1-250x300