काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानमा मतगणनाको तयारी भइरहेको छ भने केही स्थानका परिणामसमेत आइसेको छ । सुरुवाती परिणाम अनुसार कांग्रेसले तीन, एमाले र माओवादीले दुईरदुई स्थानमा जित हासिल गरेका छन् । कांग्रेसले नवलपरासीको प्रतापपुर गाँउ पालिका वडा नम्वर ५ मा कांग्रेसको प्यानल नै विजय भएको छ ।
वडा अध्यक्ष मानबहादुुर चौधरीसहितको प्यानल विजयी भएको हो । रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर १ मा पनि कांग्रेसको प्यानलनै विजयी विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भए ।
बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा कांग्रेसले जित प्राप्त गरेको छ । कांग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् । बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।कांग्रेसका गोरख रोकाय ७ मतले पराजित भएका छन् । बाजुराकै बडिमालिका गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ ।
त्यस्तै, माओवादी केन्द्रले भोजपुरमा जिल्लाबाट दोस्रो चरणको चुनावमा खाता खोलेको छ । रामप्रसाद राई गाउँपालिका–ं ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । त्यस्तै, दाङको राप्ती गाउँपालिका वडा नं. ९ मा माओवादीको प्यानलनै विजयी भएको छ । अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी