१२ चैत, काठमाडौं । स्पेनका लागि मिडफिल्डर डेभिड सिल्भाको अविश्वसनीय गोल रेकर्ड जारी छ । विश्वकप छनौट अन्तर्गत इजरायलबिरुद्धको ४-१ को जितमा गोलको सुरुवात गरेका सिल्भा स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने चौथो खेलाडीसमेत बनेका छन् ।
पहिलो हाफमा गरेको गोलसँगै म्यान्चेस्टर सिटीका यी मिडफिल्डरले स्पेनका लागि ११० खेलमा गोलसंख्या २९ पुर्याएका छन्। दोस्रो हाफमा अर्को गोल गर्ने अवसर थियो तर बल क्रसबारमा लागेर बाहिरिएको थियो ।
अहिलेसम्म स्पेनका लागि धेरै गोल गर्ने चौथो खेलाडी बनेका सिल्भाभन्दा अगाडि डेभिड भिया ५९ गोल(९७ खेल, राउल ४४ गोल १०२ खेल र फर्नाण्डो टोरेस ३८ गोल ११० खेल) छन् ।
सिल्भाले रियल मड्रिडका फर्नाण्डो हेरिरोको २९ गोलको रेकर्डसँग बराबरी गरेका छन् । र उनी स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने फरवार्डभन्दा अन्य पोजिसनका खेलाडी बनेका छन् ।
विश्वकप युरोपेली छनौटमा ५ खेलमा १३ अंक पुर्याउने क्रममा सिल्भाका अलावा डिएगो कोष्टा, भिटोलो र इस्कोले गोल गरेका थिए । स्पेन समूहको शीर्ष स्थानमा यथावत छ ।
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-०
२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग
३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ
असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका
काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको