डा. बाबुराम भट्टराईसँगको अन्तर्वार्ता (भिडियो):प्रचण्डजीको भविष्यको चिन्ता लागिरहेको छ

 

 
प्रधानमन्त्री भैसकेको व्यक्ति हिजो अचानक आन्दोलनको नेतृत्व गर्दै सडकमा उत्रिनुभयो । झन्डै १२ घण्टा प्रहरी नियन्त्रणमा बस्नुभयो । तपाईंको राजनीतिक जीवनमा हिजोको दिनको के अर्थ रहन्छ ?

घटनाको लगतै मैले हिजो फेसबुमा स्टाटस राखेको थिएँ । पहिलो पटक २०३६ सालमा अखिल भारतीय विद्यार्थी संगठनको अध्यक्ष भएको समयमा राजा विरेन्द्रलाई कालो झण्डा देखाउँदा भारत सरकारले मलाई गिरफ्तार गरेको थियो । दोस्रो पटक ०४२–४३ सालमा नेपालमा गिरफ्तार भएँ । बहुदल आएपछि ५० सालमा मदन भण्डारीको हत्याको विरोध गर्दा गिरजाप्रसाद कोइरालाको सरकारले गिरफ्तार गरेको थियो । त्यो मेरो चौँथो गिरफ्तारी थियो ।
हिजो मेरो गिरफ्तारी पाँचौ पटक पूर्व सहयोद्धा प्रचण्डको सरकारले गिरफ्तार गरेर राखेको थियो । म रोमाञ्चित महसुस गरिरहेको थिए । जीवनको समिक्षा गरिरहेको थिए । इतिहास दोहरिन्छ भन्छन् । दोहरिँदो रहेछ ।
कहीँ हामीले गल्ती त गरिरहेका छैनौँ भन्ने पनि लाग्यो । ३६ सालबाट अहिले सम्म ३६–३७ बर्ष भइसकेको छ । लोकतन्त्रको विकास नै नभएको अनुभूति भएको छ ।

तपाईंले सही अर्थमा देशमा लोकतन्त्र आएको रहेनछ भन्नुभयो, आफूलाई लज्जित भएको कुरा पनि गर्नुभयो । एउटा घटनाले यो निश्कर्षमा पुग्न हतारिएको जस्तो लाग्दैन ?

लोकतन्त्रको गहिराई सम्मको विकास नहुँदासम्म आर्थिक सामाजिक परिवर्तन हुँदैन रहेछ । सांस्कृतिक रुपान्तरणको वातावरण बन्दैन भन्ने युरोपको एलाइन्टमेन्टबाट प्रभावित भएर होला देशमा औद्योगिक क्रान्तिसँगसँगै राजनीतिक क्रान्ति र त्योसँगै आर्थिक–सामाजिक क्रान्ति आउँछ भन्ने थियो । त्यहीँबाट विधिको शासन आउँछ भन्ने मान्यता बोकेर आउँछ भनेर निरङ्कुसताको अन्त्य गरेका मान्छेहरु हौँ । विस्तारै जनता अधिकार सम्पन्न भए भन्ने भएको थियो । तर दुईटा कुराले भिन्न कुरा देखियो ।

दलिय आधारमा दलले निर्वाचनमा चुनाव चिन्ह पाउनु सामान्य कुरा हो । बहुदलमा पनि पाइन्थ्यो । तर अहिले आएर त्यो पाउने कुरा नै कुण्ठित ग¥यो । यसबाट थाहा लाग्यो कि मेरा पूर्व मित्र प्रचण्डको लोकतन्त्रप्रतिको ज्ञान कति छिपछिपे रहेछ ।

दोस्रो, शान्तिपूर्ण रुपमा धर्ना बस्नु ठूलो अपराध होइन । हामी जाने ठाँउमा निषेधित क्षेत्र बनाएर बलप्रयोग ग¥यो । हामीलाई गिरफ्तार गरेर लग्यो ।

तेस्रो गिरफ्तार गरेर लगेपछि पूर्व प्रधानमन्त्री र सांसदहरु लगेपछि कुनै पहल होला भन्ने लागेको थियो । तर, कुनै पहल भएन । लगेर सरकारले कुनै रेस्पोन्स गर्ला भनेको, गरेन । हामी त राजनीतिक माग राखेर आन्दोलनमा गरेका थियौँ । हामी चोर–डाँका त थिएनौँ ।

दिन भरी राखेर बेलुका त गृहमन्त्रीले तपाईं गइदिनु प¥यो पो भन्छन् । कुनै विधि प्रक्रिया पूरा गरेन । मैले गृहमन्त्रीलाई भने केही लिखित त चाहियो । हामीलाई किन ल्याइएको हो ? किन छोडिँदै छ ? हैन, तपाईं गइदिनु प¥यो भनेर गृहमन्त्रीले फोन काट्नुभयो ।

त्यहाँ एसएसपी छविलाल जोशी रहेछन् । धुर्त र अन्त्यन्त कपटी । केटाकेटीलाई जिस्काए जस्तो गरी के सेवा गरौँ ? भन्दै आए । मैले तपाईंको नियम कानूनले जे भन्छ त्यही गर्नुहोस् भने । त्यसको पाँच मिनेटपछि राठोर भन्ने डिएसपी आए । मैले पहिला पनि सुनेको थिएँ त्यो उद्दण्ड प्रकारको छ भनेर । उसले त आदेश दिएर ल केटाहरु हो समात भने । त्यसपछि लछारपछार भयो । महिलाहरुलाई,सांसदहरुलाई घिसार्न थालियो । नगर भन्दा पनि मानेनन् ।

त्यसपछि लाग्यो, मानवअधिकार विधिको शासन केही रहेनछ । मैले बाहिर आएर भने हामीले केही अपराध गरेको छ भने कानून अनुसार सजाय हुन्छ । हामीले अपराध पनि केही गरेका थिएनौँ । थियो भने अदालतमा पेस गर्ने हो, मुद्दा लगाउने हो । केही नगर्दा पनि प्रहरी हिरासतमा दुव्र्यवहार भयो ।

यो हेर्दा लोकतन्त्र, विधिको शासन नाजुक रहेछ । झन् मधेशका दलित बस्तीमा के होला ? दुरदराजमा के होला ? सारै लज्जित बनायो मलाई । त्यसमा पनि प्रचण्डको सरकारले । उहाँको शासनकालमा यस्तो गतिविधि हुनु र उहाँले कुनै चासो नदेखाउनुले मलाई लज्जित बनाएकै हो ।

पछिल्लो २४ घण्टामा सामाजिक संजालमा मुलत सरकारप्रति तपाईंका आक्रामक भनाई आएका छन् । तपाईंले सरकारलाई इतिहासकै भ्रष्ट समेत लेख्नुभएको छ । त्यस्तो आरोपका आधार के छन् यहाँसँग ?

राजनीति यस्तो दुस्चक्रमा फस्यो कि भ्रष्टाचार कालो धनको बलमा र डनहरुको बलमा निर्वाचन जित्ने । जितेपछि भ्रष्टाचार गर्ने र फेरी डन प्रयोग गर्ने दुस्चक्र चल्यो । काँग्रेस राजावादीहरुले यस्तो गरे–गरे तर यसका विरुद्ध विद्रोह गरेको माओवादीले पनि त्यहि बाटो अंगालेको छ । विद्रोहको नेतृत्व गर्ने प्रचण्ड नै अरबौँको भ्रष्टाचारमा मुछिनु भएको छ । उनका आसेपासे र परिवारका मान्छेहरुलाई पाल्नुभएको छ । क्रोनिजम क्यापिटल खडा गर्नुभएको छ । उनले अहिले हिजोका काँग्रेस, पञ्च र कुख्यात मान्छेहरुलाई नै उछिन्नु भएको छ । यो मैले दुःखका साथ भनिरहेको छु । मैले पाएको सूचना अनुसार यो बर्षको बजेटको रकामान्तर भनेर गैरबजेटिएर रुपमा अरबौँको हिनामिना भएको रिपोर्ट आएको छ । अहिले निर्वाचन भनेर पैसाका बिटाबोकेर हिँडिरहनु भएको छ ।

पैसाको मामिलामा काँग्रेस र एमालेलाई जितेको छ प्रचण्डजीको माओवादी केन्द्रले । यो सरकार प्रति क्रान्तिको हतियार बन्यो । यो मलाई गम्भिर चिन्ता लागेको छ । मेरो उहाँ प्रति अहिलेपनि रिस वा आग्रह कुनै छैन ।

कतिपय वृतमा हिजो आन्दोलन शुरु भएको पाँच–सात मिनेटमै यहाँले गिरफ्रतारी दिएको भन्ने आरोप देख्न पाइन्छ । सत्य के हो ?

हामीले निषेधीत क्षेत्र हटाउन आग्रह गरेका थियौँ । तर उहाँहरुले मान्नु भएन । उनीहरुले रोके धक्काधक्की भयो । त्यही क्रममा हिसिला यमी लडेर बेहोस हुनुभयो । पानी छर्केर होसमा ल्याउनु प¥यो । त्यस्तो अवस्था आइसकेपछि हामीले भन्यौँ कि हामीलाई धर्ना बस्न दिनुप¥यो । होइन भने हामी शान्तिपूार्ण रुपमा गिरफ्तारी दिन्छौँ भन्यौ । हामी गिरफ्तारी दिएपछि पनि कयौँ साथीहरुलाई कुटपिट गरिएछ । कयौँ साथीहरुले प्रहरी क्लबमा आएर निलडामहरु देखाउनुभयो । एक जना रम्तेल थरका साथी हस्पिटल भर्ना हुनु भयो । प्रहरी क्लबमा पुगेर पनि मैले राजनीतिक मागहरुलाई राजनीतिक रुपमा हल गरियोस भनेँ तर कुनै जवाफ नै आएन । १७ गते भेटेर प्रधानमन्त्रीलाई ४८ घण्टाको समय दिएका थियौँ । स्थानीय तह निर्वाचन ऐन को दफा ६ र ७ ले निर्वाचन चिन्हबाट जसरी बञ्चित गरेको छ त्यसलाई कित संसदबाट संशोधन विद्ययकबाट हल गर्नु होस कि संसद रोकेर अध्यादेशबाट हल गर्नु होस् भन्यौँ ।

१२ घण्टा जति प्रहरी हिरासतमा बस्दा पनि प्रधानमन्त्रीले सके आफै आउनु पथ्र्यो । त्यो शिस्टाचार पनि हुन्थ्यो । नसके मन्त्री कसैलाई पठाउनु पथ्र्यो । तर उहाँले कुनै पहल गर्नु भएन । यसबाट लाग्यो प्रचण्ड यति छिटै पतन हुनु भएछ । सत्तामा समाहित हुनुभएछ उहाँको भविश्यप्रति मलाई चिन्ता लागेको छ ।

फरक–फरक राजनीतिक सोच र बाटोमा विश्वास गर्ने तपाईं र मोहन वैद्य किरण अचानक हिजो एकै ठाँउ देखिनुभयो । तस्विरहरु आफैमा अनौठा मानिएका छन् । सामाजिक सञ्जालमा पनि बहस छ । तपाईं के ठान्नुहुन्छ, के यो संयोग मात्र हो ?

वैद्य जी र म माओवादीमा छँदा वैचारिक रुपमा अन्तर थियो । उहाँ शास्त्रीय रुपमा लैजानुपर्छ भन्ने म सृजनशिल रुपमा अगाडि लैजाउ भन्ने । प्रचण्डजी बीचमा बसेर नेतृत्व गरिरहनु भएको थियो ।
वैचारिक धुब्र हामी दुइको थियोे, नेतृत्व प्रचण्डजीको । यो प्रचण्डजीको कला पनि हो । तर अहिले उहाँले पनि सिपी गजुरेल जीको नेतृत्वमा मोर्चा बनाएर निर्वाचनमा भाग लिने निर्णय गर्नु भएकोरहेछ । पार्टी दर्ता गरेर निर्वाचन चिन्ह लिँदै हुनुहुदो रहेछ । उहाँ लगायतका ६४ दलहरु यो मुद्दामा मात्र एक भएका हौँ ।

तराई–मधेश, हिमाल–पहाडको अभियानमा जाँदा कतिपय ठाँउमा चुनाव चिन्हे आँखा नदिए, उनीहरुकै आँखा तानिन्छ सम्म भनेको सुन्न पाइएको थियो । तपाईंले चुनाव चिन्हलाई निकै ठूलो प्रतिष्ठाको विषय बनाउनु भएको छ । पहिलो पटक चुनाव लड्न थालेको पार्टीले केही कम्मरमाइज गरेर जाँदा के हुन्छ ?

यो प्रतिष्ठाको विषय होइन । बहुदल भनेको चुनाव चिन्ह लिएर निर्वाचनमा भागलिन पाउने सार्वभौम अधिकार हो । नेपालको संविधानको धारा २६९,७० र ७१मा लेखेको छ–दलले आफ्नो पहिचानमा सहित संगठित हुने । निर्वाचनमा भाग लिन पाउने भनेको छ । प्रधानमन्त्रीले यसलाई पनि मिच्नु भएको छ । उहाँ धेरै कुटिल मान्छे हो । आफ्ना विरोधीहरुलाई साइड लगाउन उनले आफु नजिका मान्छे प्रयोग गर्छन । प्रतिस्पर्धीलाई निषेध गर्ने मान्छे हुन् । अहिले नयाँ शक्ति लगायतका केही दलहरुलाई रोक्नलाई प्रचण्डले यस्तो गरेका हुन् । ती दललाई आउन नदिने षडयन्त्र हो । निर्वाचन आयोगले पठाएको ड्राफ्ट यस्तो थिएन । उसले पठाएको दफा २६ को ५ सम्म हेर्नु भयो भने दलहरुले निर्वाचन चिन्ह लिन पाउने भ ेको छ । ६ र ७ मा जे लेखिएको भएपनि भनेर दुई बुँदा थपेको कुरा प्रमुख आयुक्त र अन्य सबै आयुक्तले भनेको छन् । हामीलाई निर्वाचन चिन्ह दिने–नदिने भन्ने होइन । लोकतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने भन्ने हो ।
प्रधानमन्त्रीले अहिले संविधानको उल्ङघन गरी रहनु भएको छ । उहाँले नैतिक रुपमा एक मिनेट पनि कुर्सीमा बस्नुहुन्न ।

प्रचण्डले माओवादी आन्दोलनलाई धोका दिइरहनु भएको छ । म प्रधानमन्त्री हुँदा सेना समायोजन गरेँ । संविधान बनाउन सकिनँ । संविधान कार्यन्वयन गर्ने, सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएरु द्धन्द्धकालीन मुद्धा छिनोफानो गर्नुपर्ने हो । तर, अहिलेसम्म माखो पनि मार्नु भएको छैन । उहाँको उद्देश्य भनेको सत्तामा बसिरहने, धन कमाउने, धन भएपछि चुनाव जित्ने बस, यति हो । म उहाँबारे यसरी पहिला कहिल्यै बोलेको थिइनँ । उहाँलाई प्रतिक्रान्तिको बाहक बनाएका छन् ।

अहिले ऐन संसोधन गर्न कठिन हुने भएको भन्दै प्रधानमन्त्रीले नयाँ शक्तिका सवै उम्मेद्वारलाई आँखा चुनाव चिन्ह दिने विकल्प अगाडि सार्नुभएको छ । तत्कालका लागि यो विकल्पमा जाँदा समस्याका हल हुन सक्छ । यहाँ के ठान्नुहुन्छ ?
यो बहुदलिय लोकतन्त्रको हत्या हो । प्रचण्डको नियतले गरेको हुन् । प्रधानमन्त्री र सरकारले विद्येयक पास गर्ने हो । यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । मलाई थाह छैन भन्न मिल्दैन । कुनैपनि विद्ययक पारीत गर्न संसदमा पठाउनुपर्छ ।

पहिला पार्टी बनाउँदा आर्थिक समृद्धि र विकासको नारा प्रधान थियो । अहिले आन्दोलनमा आफै उत्रनु भएको छ । मैले जान्न खोजेको, एक चरण संघर्षबाटै पार्टी संगठन बलियो बनाउने सोच बनाउनु भएको हो ?

हामीले पाँच स हो अवधारणा अगाडि सारेको छौँ । समृद्धि हाम्रै पालामा भनेका छौँ । विकास र समृद्धि हाम्रो मुख्य नारा हो । भ्रष्टाचार मुक्त समाज बनाउने उद्देश्य हो । यसको लागि समावेशील समानुपातिक लोकतन्त्र हुनुपर्छ । हिमाल पहाड तराईका जनतामा एकता हुनुपर्छ । संविधान निमार्णको समयबाट नै संविधानप्रति असन्तुष्टि राखेका दललाई–समुहलाई पनि राजनीतिमा ल्याउनु पर्छ । यो भनेको संविधान संशोधन गरेर हुन्छ ।

यहाँले चुनावका लागि अगाडि सारेका ६ वटा आधारमा खास प्रगति भएको छैन । तै पनि चुनावी तयारी त्रीव छ । ६ वटा आधार र चुनाव चिन्ह पाइएन भने नयाँ शक्ति चुनावमा जान्छ कि जाँदैन ?

दलहरुलाई निषेध गरेर हुँदैन । दलहरुलाई संविधानले दिएको अधिकारबाट बन्चित गर्दै जानु भयो भने लोकतन्त्र र संविधानको विरुद्ध हुन्छ । हामी यसको प्रतिवाद गर्छौँ । निर्वाचनको वातबरण बनेको छैन् । देउवाले दिएको समय सिमामा आफ्नै नेतृत्वमा निर्वाचन गर्ने दवाव पनि होला । सकिएन भने सत्ताको समय लम्बाउने खेलमा लाग्नु हुन्छ, प्रचण्ड । उहाँले यो संसोधन गर्न चाहेमा एक हप्तामा समाधान हुन्छ । कि संविधान संशोधन गर्ने कि दुई तीन दिन संसद स्थगित गरेर अध्यादेश जारी गर्न सकिन्छ । निर्वाचनको लागि प्रचण्ड नै तयार छैनन् भन्ने मेरो आशंका हो । पुष्टि उहाँले नै गर्नुपर्छ ।

एकातिर तपाईंले विभिन्न राजनीतिक दलसँग धुव्रीकरणको अभियान चलाईरहनु भएको छ । हिजो मात्रै तपाईं सडकमा र प्रहरी क्लवमा हुँदा पार्टीका सहसंयोजक महेश कर्मोच र धुव्र पराजुलीजस्ता नेताले पार्टी छाडेर हिड्नुभयो । मुमाराम खनाल, रामेश्वर खनाल हुँदै कर्मोचा र पराजुलीसम्म आउँदा भएका बर्गिगमनले दिएको सन्देश त तपाईंका लागि सुखद नहँुन सक्छ, होइन ?

धुब्रीकरण हुन्छ नै । रुखहरु बढ्दा पनि पुराना पत्र झर्ने, केहि नयाँ आउने हुन्छ । पहिला नयाँ शक्ति बनायौँ । केही मान्छे नयाँ आए, केही मान्छे अटाउन सक्नु भएन । उहाँले सोचेको कुरा पुरा भएन होला । जुन गतिमा यो अगाडि बढ्नुपथ्र्यो, त्यो अनुसार चाल मिलाउन सक्नु भएन होला । यो आउने र जाने क्रम चलिरहन्छ । यसलाई मैले अन्यथा मानेको छैन ।
सबै कुरा रुपान्तरित हुन सकिदैन । जति र जसरी मैले बुझ्नु पथ्र्यो, त्यो मैले पनि गर्न सकिनँ होला । सबैको सबै प्रतिभा र अनुभव थाहा पनि हुँदैन । म पनि माओवादीबाट एक्लै निस्केको थिएँ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकताका लागि गहन संवाद भएका छन् भनिएको छ । यहाँले आफ्नो पार्टीका तर्फबाट राजनीतिक संवाद समिति पनि बनाउनु भएको छ ।

संघीय समाजवादी लगायतका विभिन्न पक्षसँग संवाद भइरहेको छ । केही समय पहिला गंगा चौधरी आउनु भयो । दानबहादुर चौधरी आउनु भयो । सुशासन महाअभियान भन्ने युवाहरुको समुह आयो । मजदुरहरुको समुह आयो ।

हालै सकिएको यहाँको पार्टीको केन्द्रीय अन्तरिम परिषद्को वैठकमा नयाँ बर्षमा नयाँ र खुसीको खवर सुन्न पाउन सक्नुहुन्छ भनेर तपाईंले भन्नुभएको थियो । त्यसलाई तपाईंको पार्टीको धेरै नेता–कार्यकर्ताले नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकताको सन्र्दभसँग जोडेर हेरेका थिए । यो अर्थमा एकता निकट देखिन्छ भन्न सकिन्छ ?

मैले त्यस्तो भनेको छैन । आगामी दिनमा धुब्रीकरण झन तिब्र गतिमा हुने छ । सुखद खवर आउने छ भनेको हो ।

मैले हिजो मात्र प्रधानमन्त्री प्रचण्डसँग अन्तर्वार्ता गरेको थिएँ र नयाँ शक्तिसँग चुनावी तालमेलवारे जान्न खोजेको थिएँ । प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र र नयाँ शक्तिवीच चुनावी तालमेलको सम्भावना रहने बताउनु भएको छ । आजका दिनमा तपाईं यो सम्भावना देख्नुहुन्छ ?

तपाईं र मोहन वैद्य किरण आन्दोलनमा सँगै देखिनु भएको छ । किरणको चुनावी मोर्चाले चुनावमा भाग लिने बताएको छ, तपाई के ठान्नुहुन्छ, उहाँहरुसँग तालमेलको सम्भावना रहन्छ ?

सबैसँग समदुरी सम्बन्ध छ । काँग्रेस,एमाले र प्रचण्ड माओवादीसंग समदुरी हुन्छ । यी सबै पुराना शक्तिहरु नै हुन । पुराना शक्ति संग तालमेल गर्ने संयुक्त मोर्चा बनाउने भन्ने हुदैन । यी सबै शक्तिहरुका साइन बोर्ड मात्र फरक हुन् । कार्यगत एकता हुन सक्छ । वैद्यजीले फरक निर्वाचनमा भाग लिने भनेको छ । हेराँै कस्तो निति लिनु हुने छ ।

निर्वाचनको परिणमको परिणामाको आकलन गर्न सकिन्छ ?

यो अहिले नै भन्नु गलत हुन्छ । निर्वाचनको वातावरण बनाउनु पर्छ । हामीले ७ वटा कुरा अगाडि सारेका छाँै । तर, यहाँ पुन संरचना नगरे निर्वाचन गराइदैछ । संरक्षित क्षेत्र निर्धारण भएको छैन । चेपाङहरुको बाहुल्य क्षेत्र अथवा संरक्षित क्षेत्र बनाउनु पथ्र्यौ, म त्यहीँ निर्वाचन क्षेत्रको व्यक्ति हुँ । निर्वाचनको वातावरण बनाउन संयुक्त सरकार बनाउनु पर्छ । निर्वाचनमा हुने खर्चलाई नियन्त्रण गर्न सरकारले मापदण्ड बनाएर खर्च दिनु पर्छ ।

संघर्षका कार्यक्रम गर्दा निर्वाचनमा समस्या हुन्छ नि ?
संघर्ष सहित निर्वाचनको तयारी गरेका छौँ । जनताको मुद्धाहरु उठाउनु भनेको राजनीतिक मुद्धाहरु नै हुन । निर्वाचन सम्बन्धित मुद्धाहरु नै हुन् ।

पार्टी घोषणाको एक बर्ष भयो, यो एक बर्षमा चाहेर पनि गर्न नसकेको काम के हो ?

हामीले धेरै ठूलो कामको सुरुवात गरेका हौँ । विश्व परिवेशमा एक्काइसौ शताब्दीमा नेपालका परम्परावादी शक्ति भन्दा भिन्न हुने काम गरेका हौँ । राष्ट्रिय र अन्र्तराष्ट्रि परिस्थितिमा तालमा ताल मिलाएर अगाडि बढीरहेका छाँै । म यो एक बर्षको कामबाट खुशी छु ।
नयाँ राजनीतिक संस्कृति स्थापना गर्ने योजना हो । यसमा उतारचढाव हुन्छ । दुर्घटना हुन्छ । यसलाई पचाएर जानु पर्छ । यसबाट नै राम्रो बन्ने हो । राम्रो हुनु र ठूलो हुनु फरक हो । निर्वाचन जित्न ठूलो हुनु पर्छ । यसकारण यो एक बर्षको समयमा म सन्तुुष्ट छु ।

रातोपाटीबाट साभार

यो पनि हेर्नुहोस:

प्रचण्डकोले लोकतन्त्र र गणतन्त्रको उपहास गरे : डा. भट्टराई (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

इन्टर्नेटप्रदायक ब्यबसायको गैरजिम्मेवारीपनका कारण दृश्य प्रदुषण, संबन्धित निकाय मौन, जनजीवन प्रभावित

पिपुल नेपाल संवाददाता,२४साउन,भक्तपुर। सूचना प्रबिधिको विकाससंगै पछिल्लो समयमा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ। प्रयोगकर्ताहरुको

सरकार अलच्छिन छ, जे छोयो त्यहिँ खरानी:केपी शर्मा ओली

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको

प्रतिनिधि सभा बैठक बस्दै, महाभियोग प्रस्तावमाथि छलफल हुने

काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन

मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’

काठमाडौँ, २१ साउन । ‘लायक’ सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने

‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’: सर्वोच्च

काठमाडौँ, १८ साउन । सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय