१६ चैत, काठमाडौं । डा। प्रकाश चन्द्र लोहनीले आफ्नो नेतृत्वमा हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाको मुख्य लक्ष्य सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठनको घोषणा गरेका छन् ।
केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका डा। लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउन नयाँ पार्टी गठन गरेको उनले बताए ।
नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग, बढ्दो बेरोजगारी र आर्थिक सिथिलताप्रति सरकार संवेदनशील बन्न नसक्दा जनता इमान्दार दलको खोजीमा रहेको भन्दै उनले सबै समस्या समाधानका लागि पार्टी बनाएको बताए ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादीले) संवैधानिक राजसंस्थाको वकालत गर्दै दलिय जमिन्दारी संस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै ७ बुँदे रणनीतिसहित पार्टीको घोषणापत्र पनि जारी गरेको छ ।
२० बुँदे घोषणापत्रमा संवैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरुबीच सदभाव राख्न आवश्यक रहेको निष्कर्षसहित त्यसको कार्यान्वयनलाई मूल लक्ष बनाइएको छ । पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको घोषणा पत्रमा उल्लेख छ ।
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह
सुर्खेत, ३१ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र
पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध
पिपुल नेपाल संवाददाता,२९ साउन,काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्