ठूला दल पनि थ्रेसहोल्डको शिकार हुनुपर्ने चेतावनी

१५ साउन,  काठमाडौं । संसदमा पेश भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयकले अधिकांश साना दलको अस्तित्व समाप्त हुने भन्दै संसदमा साना दलका सांसदले बिरोध गरेका छन् । उनीहरुले थ्रेसहोल्डको व्यवस्थाले ठूला भनिएका दलहरु पनि शिकार हुने चेतावनी दिए ।

व्यवस्थापिका संसदको विशेष समयमा नेकपा मालेका सांसद अइन्द्रविक्रम नेम्वाङले विधेयक पारित गर्न प्रमुख भूमिका खेलेका कांग्रेस, एमाले र माओवादीलाई चेतावनी दिँदै भने, ‘जसरी साना राजनीतिक दलहरुलाई बाइपास गर्ने काम भएको छ, त्यो दिन तपाईंको पनि आउँछ ।’

केही राजनीतिक दलभन्दा बाहेक अरु निर्वाचित हुन नसक्ने गरी ल्याइएको विधेयकले समावेशी लोकतन्त्रको खिल्ली उडाएको उनको भनाइ छ । उनले विधेयकलाई संविधान, जनयुद्ध, जनआन्दोलन, आदिवासी जनजाति र मधेसी आन्दोलनकोे भावना विपरित भएको दाबी गरे ।

‘हिजो जनआन्दोलन भइरहँदा खेरि, संयुक्त आन्दोलन गरिरहँदा हामीले प्रतिबद्धता जाहेर गरेको समावेशी लोकतन्त्रको भावना विपरित छ कि छैन यो ?’ नेम्वाङले भने, ‘उत्कृष्ट भएको दाबी गरिरहँदा त्यही संविधानको हात खुट्टा भाँच्ने काम भइरहेको छ । संविधानको मुटु कलेजो झिक्ने काम भइरहेको छ । संविधान कार्यान्वयन भन्दा संविधानकै हत्या गर्ने दिशातर्फ उन्मुख भएको हो कि भन्ने आशंका व्याप्त छ ।’

 

photo

NOC1-250x300