ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरिक्षकमा नियुक्त

सरकारले प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधिको प्रावधान परिवर्तन नभए सम्म ज्ञवालीलाई ५ महिनाका लागि प्रहरी संगठनको जिम्मा दिइएको छ ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

 

photo

NOC1-250x300