ठगीको पराकाष्ठा : ३ हजारको जुत्ता २६ हजारमा बिक्री

२० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यवसायीलाई ५ वर्ष कैद र जरिवानाको व्यवस्था –

मन्त्री शिवकुमार मण्डलको सक्रियतामा दसैँको मुखमा उपभोक्तालाई ठगी गर्ने दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले स्टोर वान, बेन्ट्ली, पुमा र नाइकको सोरुम सिल गरेको हो ।

dhoes

 विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नाइक ब्रान्डको जुत्ता व्यवसायीले ४ हजार ७ सय रुपैयाँमा खरिद गरेको बिल देखाएका थिए । ‘तर, उपभोक्तालाई छुटमा समेत दिँदा पनि सो जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्रीका लागि राखिएको देखियो,’ उनले भने, ‘यसलाई हेर्दा उपभोक्ता अत्यन्तै ठगिएका छन् ।’

 

 

photo

NOC1-250x300