काठमाडौं। बहुप्रतिक्षित फिल्म बाहुबली–२ द कन्क्लुजनले ट्रेलर रिलिजसँगै नयाँ रेकर्ड बनाएको छ। यो फिल्मको ट्रेलरलाई २४ घण्टाको अवधिमा पाँच करोडभन्दा बढीले हेरेका छन्। बाहुबली–२ को ट्रेलर, तमिल, तेलुगु, हिन्दी र मलायलम गरी चार भाषामा रिलिज भएको थियो। चार भाषाको जम्माजम्मी भ्युअरले बाहुबली–२, २४ घण्टामा सबैभन्दा हेरिएको ट्रेलर बनेको छ।
ट्रेलर रिलिजसँगै सोसियल मिडियामा यसको चर्चा बढेको छ। ट्रेलरपछि फिल्म बहुप्रतिक्षित बनेको छ। पहिलो भागले ६५० करोड कमाउँदा पनि निर्माताहरुले फिल्मले नाफा दिन नसकेको भनिरहेका बेला यो फिल्मले बक्स अफिसमा ठूलो कलेक्सन गर्ने पक्का छ।