न्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् ।
न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हालेका थिए ।
‘मेरो राष्ट्रपति दिवस होइन’ शिर्षकको प्रदर्शनमा अहिले पनि उनका विरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन् ।
सत्तरी वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र वहसकाबीचमा वितेको छ ।
एक महिना पुगेको उपलक्ष्यमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘राष्ट्रपति दिवस खुशीयाली पूर्वक वितोस्, अमेरिकालाई फेरी राम्रो बनाउ’ लेखेका छन्।
राष्ट्रपति दिवसकै दिन उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा लेफटिनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन् । यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा उनले म्याकमास्टरलाई नियुक्त गरेका हुन् ।
ट्रम्पले एक महिना पुगेको दिन विहान ट्रम्प इन्टरनेश्नल गल्फ क्लवमा आयरल्याण्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेलेका थिए । रासस/एएफपी
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री
काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका
एजेन्सी, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ
वैशाख २४, एजेन्सी: श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकका गोताबाय
११ चैत । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज