ट्रम्पको यात्रा प्रतिबन्धमाथि अदालतको रोक

95169908_trump_travel_ban_afpअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही मुसलमान बहुल देशका नागरिकको अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाउने आदेशलाई संघीय न्यायाधीशले रोकिदिएका छन्।

६ देशका यात्रुमाथि प्रतिबन्ध लगाउने आदेश कार्यान्वयनमा आउनुभन्दा केही घण्टा अगाडि हवाई राज्यका न्यायाधीशले रोक्ने फैसला दिएका हुन्।
धक्का
राष्ट्रपतिको पदभार ग्रहण गरे लगत्तै ट्रम्पले सातवटा मुसलमान बहुल देशका नागरिकको अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए।

उक्त आदेशलाई न्यायालयहरुले अस्वीकार गरिदिएपछि उनले ६ देशलाई समेटेर अर्को आदेश जारी गरेका थिए।

राष्ट्रपतिको आदेश लागू हुन पाएको भए त्यसले खासगरी ६ वटा मुसलमान बहुल देशका नागरिक तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लाग्ने थियो।

तर हवाई राज्यका सरकारी वकिलहरुले उक्त आदेशले अमेरिकी मुसलमान तथा मुसलमान आप्रवासीमाथि भेदभाव गराउने भन्दै त्यस विरुद्ध मुद्दा हालेका थिए।

त्यसै सन्दर्भमा न्यायाधीशले सो नयाँ आदेश पनि रोक्ने फैसला गरेका हुन्।

हस्तक्षेप
ती न्यायाधीशले उक्त आदेश राष्ट्रिय सुरक्षाको सवालसंग जोडिएको भन्ने जिकिरलाई समर्थन गर्ने ठोस प्रमाण नभएको जनाए।

उनको पछिल्लो आदेशमा समेटिएका ६ देशमा इरान, लिबिया, सिरिया, सोमालिया, सुडान तथा यमन पर्दछन्
हवाई लगायत केही अन्य राज्यले अमेरिकी संघीय सरकारको उक्त प्रतिबन्ध विरुद्ध कानुनी उपचार खोजिरहेका छन्।

राष्ट्रपति ट्रम्प उक्त फैसला न्यायापालिकाको अभूतपूर्व हस्तक्षेप भन्दै त्यसलाई सर्वोच्च अदालतमा चुनौति दिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो आदेशले आतंकवादीलाई अमेरिका छिर्नबाट रोक्ने बताएका छन् भने आलोचकहरुले त्यो भेदभावपूर्ण भएको बताएका छन्।

उनको पछिल्लो आदेशमा समेटिएका ६ देशमा इरान, लिबिया, सिरिया, सोमालिया, सुडान तथा यमन पर्दछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई पाँच लाख रुपैयाँमा कुवेत पुर्‍याएर बिक्री

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव

भक्तपुरको बन्देश्वरी जंगलमा लगेर १५ अर्षीय बालिका बलात्कार गर्ने बलात्कारी पक्राउ

१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा

सिन्धुज्वाला हाईड्रोको ठगिधन्दा पर्दाफास

१७ माघ,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले  प्रिफ्याब भवन

मापदण्ड भन्दा बढी धूँवा फाल्ने २७ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

६ माघ,काठमाडौं । काठमाडौँको बबरमहलमा विहिबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजीनामा दिँदै

५ माघ , काठमाडौं ।  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा

डा.सन्दुक रुइतले प्राप्त गरे सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड

३ माघ,काठमाडौ । नेत्र चिकित्सक डा.सन्दुक रूइतले १० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त