२४ चैत, काठमाडौं । वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलाबाट हामफालेर एक बृद्धाले आत्महत्या गरेकी छन् ।
मिजी–१, बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्ती मगरले बिहीबार बिहानै आत्महत्या गरेकी हुन् ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले ट्रमा सेन्टरको पाँचौं तल्लाबाट हामफालेर महिलाले आत्महत्या गरेको जानकारी दिए ।
आत्महत्याको कारण खुल्न नसके पनि आर्थिक समस्याले बृद्धाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
हड्डी रोगबाट पीडित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत थिइन् ।