ट्याङ्करको ठक्करबाट एककाे मृत्यु

३२ साउन, हेटौँडा – चितवनको भरतपुरतर्फ जाँदै गरेको ना ४ ख ४६०७ नम्बरको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४६ वर्षीया जानुकादेवी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर र त्यसका चालक हेटौँडा उपमहानगरपालका–११ बस्ने हिमाल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

 

photo

NOC1-250x300