काठमाडौं। नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो । अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सय रुपैयाँको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र १ हजार रुपैयाँको रिचार्ज कार्डमा १ हजार एमबी डेटा उपभोग गर्न पाइनेछ ।