people Nepal » टेकु अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित टेकु अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित – people Nepal

टेकु अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएपछि अस्पतालले खोप अभियान स्थगित गरेको हो।

आइतबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ।

‘यस अस्पातलमा सञ्चालित कोभिड-१९ विरूद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८ माघ १६ गतेसम्म ७ दिनका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।