टप टेन लिष्टबाट झर्यो कपिलको शो

kapil-sharma-2

मुम्बई । अहिले कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ निकै चर्चाको विषय बनेको छ । कलाकार सुनिल ग्रोबरले शो छोडेपछि शो को चर्चा भएको हो । सुनिल सहितका कलाकारहरुले शो छोडेपछि शो को लोकप्रियता पनि घटेको छ ।

 

शो मा राजू श्रीवास्तव र सुनील पाललाई ल्याइएपनि माथि उक्लिन सकेन । अहिले शो इन्डियन शीर्ष दश टेलिश्रृखलाको लिष्टबाट समेत बाहिरिएको छ ।

नम्बर १ बन्यो ‘नागिन’

टिभी शो ‘नागिन–२’ ले सबै शो लाई उछिन्दै नम्बर १ मा छ । त्यस्तै, क्रमश दुई नम्बरमा ‘ये रिश्ता क्या कहलाता है’, तीन नम्बरमा ‘कुमकम भाग्य’, चार नम्बरमा ‘तारक मेहता का उल्टा चश्मा’ पाँच नम्बरमा ‘कर्मफल दाता शनि’ लगायत छन् ।

 

photo

NOC1-250x300