१० दमक । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन्। झापाको दमकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताले चाहेमा गणतन्त्र खारेज हुने दाबी गरे।
उनले मधेशी मोर्चाका असहमतिका कुरा पनि निर्वाचनपछि संबोधन गर्न सकिने बताउदै अहिलेलाई निर्वाचनमा आउन आग्रह गरे। आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।