झापा क्षेत्र नं ५ बाट केपी ओली सर्वसम्मत सिफारिस

झापा ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ । 

झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए । 

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद एलपी साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताए । रासस

 

photo

NOC1-250x300