झापामा एमालेको विजय र्‍यालीमा प्रयोग गरिएको जीप दुर्घटना, २३ घाइते

२३ असार, झापा । झापामा विजयी र्‍यालीमा प्रयोग गरिएको जीप दुर्घटनामा हुँदा २३ जना घाइते भएका छन् । भद्रपुर नगरपालिकामा एमालेको विजयी र्‍यालीमा प्रयोग गरिएको जीप दुर्घटनाग्रस्त भएको हो ।

 

भद्रपुरबाट पृथ्वीनगर जाँदै गरेको मे १ ज १२२४ नम्बरको जीप सगरमाथा-वालुवाडी सडकखण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । एक जनालाई बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा रिफर गरिएको छ ।

 

photo

NOC1-250x300