ज्यानमा गोली, मनमा चुनाव

बैशाख २७, रोल्पा थवाङका ३२ बर्षिय पुर्ण बहादुर बुढामगरको ९६ विघामा  किराना पसल छ । पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीको नाम सिस्ने हिमाल हो ।

माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै २०६२ सालमा जनसेनामा आएकी नुवाकोट, मुद्रुटारकी निर्मला सिटौलासँग उनको विहे भयो शक्तिखोर क्योन्टोमेन्टमा । २०६८ चैतमा दुवैले स्वैच्छिक अवकास लिएपछि पदमपुर ९६ विघामा घर बनाएर पसल सुरु गरे । यो खबर आजको कान्तिपुरमा छ ।

यो दम्पति स्थानीय चुनावको उम्मेदवारी त छैन तर, पालैपालो पार्टिका उम्मेदवारको प्रचारमा भने जान्छन् । २०५२ देखी जनयुद्ध मा सहभाागी पुर्णबहादुरका शरीरमा युद्धमा लागेको छर्रा अझै बाँकि छन् । २०५९ भदौमा रोल्पाको थवाङमा लागेको गोली अझै तिघ्रामै छ ।

कृष्णभीरले चिउँडोमा एउटा छर्रा रोपेको छ भने नवलपराीकाो चोरमारा भिडन्तमा पाईतालामा लागेका दुईवटा गोली निकाले पनि अझै छर्रा बाँकी छन् ।

 

photo

NOC1-250x300