जुँगाको लडाईँले गर्दा, महानगरपालिकामा बरिष्ठ छाडेर कनिष्ठलाई जिम्मेवारी

ktm-1-768x476काठमाडौं, फागुन १२ । काठमाडौं महानगरपालिकामा निमित्त कार्यकारीको विषयले फेरि विवाद चर्किएको छ । कार्यकारी अधिकृत विदामा बसेका बेला निमित्त कार्यकारी अधिकृत कसलाई दिने भन्ने विषयमा महानगरपालिकाभित्र विवाद हुँदै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी प्रमुख नभएको बेला निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी बरिष्ठ कर्मचारीलाई दिन निर्देशन सहितको पत्र पठाएको थियो । २०६८ असोज ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकालाई पत्र लेख्दै नियम विपरित कनिष्ठ कर्मचारीलाई निमित्त नदिन निर्देशन दिएको थियो । यस्तै त्यसरी निमित्त पाएका निमित्त कार्यकारी अधिकृतले गरेका आर्थिक र प्रशासनिक काम बदर गर्न समेत निर्देशन दिएको थियो ।
यस पटक भने कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ग विदामा बसेका बेला बरिष्ठ कर्मचारी सनतबहादुर थापालाई नै निमित्त कार्यकारी अधिकार दिएको छ । तर कार्यकारी प्रमुखले गर्ने काम भने ज्ञानेन्द्र कार्कीलाई दिइएको हो । रुद्रसिंह तामाङ्गले पदपूर्ति समितिको सदस्य सचिवको जिम्मेवारी स्वत निमित्त प्रमुख कार्यकारी अधिकृतलाई नदिएर कनिष्ठ कर्मचारी ज्ञानेन्द्र कार्कीलाई दिएपछि थापाले आपत्ती जनाएका हुन् ।

के छ विधानमा ?
पदपूर्ति समितिमा अवकास प्राप्त कर्मचारीको अध्यक्षतामा स्थानीय विकास मन्त्रालयले तोकेको अधिकृत र लोकसेवा आयोगले तोकेको अधिकृत सदस्य हुने प्रावधान छ । र नगरपालिकाको सचिव अर्थात कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था गरेको छ । तर महानगरपालिकाले गठन गरेको पदपुर्ति समितिको सदस्य सचिव भने निमित्त कार्यकारी अधिकृत सनतबहादुर थापालाई नदिएर कनिष्ठ कर्मचारी ज्ञानेन्द्र कार्कीलाई दिइएको हो ।

मन्त्रालयलाई बोदार्थ दिएन
यस्तै नगरपालिकाले पदपूर्ति समिति गठन गरेपछि मन्त्रालयलाई बोधार्थ दिनुपर्ने प्रावधानलाई समेत कुल्चिएको छ । यसअघिको बढुवामा समेत विवाद आएको र मन्त्रालयले हस्तक्षेप गरिरहेको अवस्थामा नगरपालिकाले पुन मन्त्रालयलाई बोधार्थ नदिइ बढुवा समिति बनाएर काम अघि बढाएको हो ।
महानगरपालिकाका एक कर्मचारीले कार्यकारी अधिकृत तामाङले कार्कीलाई सदस्यसचिव बनाएर आर्थिक लेनदेनको आधार तयार पारेको आरोप लगाएका छन् । ती अधिकारले नाम गोप्य राख्न आग्रह गर्दै भने, अघिल्लो बढुवा विवादमा परेका बेला मन्त्रालयलाई नै जानकारी नदिइ बढुवा समिति गठन गर्नु र निमित्त प्रमुखलाई सदस्य सचिव नबनाउनुको विशेष अर्थ छ ।
महानगरपालिकाले आफु मातहतका विभिन्न तहमा कर्मचारी बढुवाको विज्ञापन निकालेको थियो ।

 

 

photo

NOC1-250x300