जीवनका लागि संघर्षको अगाडि हार्‍यो कोरोनाभाइरस, संक्रमित आमाले स्वस्थ बच्चा जन्माइन्

पछिल्लो समय नोबेल कोरोनाभाइरसले ठूलो संख्यामा मानिसहरुको ज्यान लिइरहेको छ । चीनमा यसको प्रकोप अत्याधिक छ र त्यहाँ मात्र १ हजार जनाले ज्यान गुमाइसकेका छन् । यही बीचमा चीनको झेजियांगमा नोबेल कोरोनाभाइरसबाट संक्रमित उक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । ती महिलाले स्वस्थ छोरी जन्माएपछि त्यहाँ खुसीको लहर छाएको सिन्ह्वाले लेखेको छ । सिन्ह्वाले यसको जानकारीसहित गरेको ट्यीटमा ठूलो संख्यामा बधाइ ओइरिएका छन् ।

China Xinhua News

 

@XHNews

 
 

Mom’s Sunshine!
Coronavirus-infected woman delivers healthy baby girl http://xhne.ws/mVg64 

View image on TwitterView image on Twitter
 

147

Twitter Ads info and privacy
 
48 people are talking about this
नवजातको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । नवजातलाई गहन रेखदेखमा राखिएको छ । हांगझोउमा झेजियांग युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा नवजातको केही दिनपछि पुनः परीक्षण गरिनेछ । सिन्ह्वाको पोटमा सामाजिक संजाल प्रयोगकर्ताले बालिकालाई भाग्यमानी भनेका छन् । यद्यपि यी बालिकामा पछि संक्रमण देखिने खतरा पनि छ किनकि आरएनए भाइरस ६ महिनासम्म परीक्षणमा नदेखिन पनि सक्छ ।

 

photo

NOC1-250x300