people Nepal » जहाँ बिहे अघि बेहुलीले कपाल खौरिने चलन जहाँ बिहे अघि बेहुलीले कपाल खौरिने चलन – people Nepal

जहाँ बिहे अघि बेहुलीले कपाल खौरिने चलन

बेहुलीका लागि कपालको श्रृंगारले सुन्दरतामा ठूलो महत्व राख्ने ठानिन्छ । तर सुन्दरता तथा श्रृंगारको मापन संस्कृति तथा परम्परा पिच्छे फरक हुँदो रहेछ ।borana-tribes

अफ्रिकी देश इथियोपिया तथा सोमालियाको सीमाक्षेत्रका केही वस्तीहरुमा एउटा अनौठो चलन छ, जुन हाम्रो संस्कार भन्दा विपरित लाग्दछ ।

त्यहाँ बसोबास गर्ने बोराना आदिवासीका युवतीहरुले असल लोग्ने पाउनका लागि बिहे अगाडि शिर मुण्डन गर्दछन् । यसरी कपाल खौरिएपछि राम्रो लोग्ने पाइन्छ भन्ने विश्वास हुन्छ ।

उक्त समुदायमा बिहेपछि मात्र महिलाहरुलाई कपाल लामो पार्ने तथा कपाल श्रृंगार गर्ने मौका दिइन्छ ।

यो समुदायमा एक अर्को अनौठो मान्यता छ । यिनीहरु फोटो खिच्न मान्दैनन् । फोटो खिच्दा सरीरको रगत तानिन्छ र सरीरमा रगतको कमी हुन्छ भन्ने मान्यता उनीहरुमा छ ।