“जहाँ अत्याचार हुन्छ, त्यहाँ विद्रोह हुन्छ” यसरी आएको थियो नेपालमा प्रजातन्त्र

democracy day2(2)आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस । ६७ औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । एक सय चार वर्षीय जहानिया राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भएको र मुलुकमा प्रजातन्त्र घोषणा गरीको यो दिन नेपाली इतिहाँसको विशेष दिन हो । प्रजातन्त्र दिवसको  अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताएका छन् ।  प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र नागरिकको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।

यसरी आएको थियो नेपालमा प्रजातन्त्र 

नेपालमा प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । तिनै महान शहिदको बलिदानीले मुलुकमा प्रजातन्त्रको विजारोपण सुरू गरेका थिए ।  प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि नागरिकमा जागरण ल्याएको अभियोगमा उनिहरुलाई मृत्युदण्ड दिइएको थियो । विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवन शाहले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए फागुृन ७ गते । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । सन् १८४६ मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न घट्यो । हतियारधारी सेना र रानीप्रति वफादार भाइ–भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो । जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को प्रथम भारतीय स्वतन्त्रता सँग्राम र पछि दुबै विश्व युद्धहरूमा सघाएका थिए। सन् १९२३ मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्वीकार्यो । १९४० दशकको उत्तरार्धमा लोकतन्त्र–समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको बैधानिक कानून २००४ लागू गरे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्योन जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो।  प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो। नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो। त्यसपछि हरेक बर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा हरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो। नेपालको राजनीतिक इतिहासमा संघर्ष शब्द लामोसमयदेखि जोडिँदै आउने गरेको छ । २००७ साल फागुन ७ गते अघिसम्म मुलुक जहानियाँ राणा शाषकको अन्याय र अत्याचारले आक्रान्त हुँदा पनि देशले संघर्षकै बाटोमार्फत मुक्ति पाएको थियो । १९०३ मा जंगबहादुर राणाले शासन सत्ता आफ्नो हातमा लिएपछि सुरु भएको राणा शासनले १०४ वर्षसम्म अबिछिन्न शासन गरिरहेपछि जनता विद्रोहमा होमिन बाध्य भएका थिए । यो अवधिमा राणाहरुले जनतालाई कहिल्यै माथि आउन दिएनन् । जनता निरन्तरण शोषण, अन्याय र अत्याचारमा बाँचिरहे । राणाहरुले जनतालाई सामान्य कुराहरुबाट समेत बञ्चित गरेर एकछत्र राज गरेका थिए । कारण, अन्य देशहरु विकासको चुलीमा पुगसिक्दा पनि नेपालले अभाव, गरिबी, अशिक्षा, वेरोजगार जस्ता समस्याहरु सामना गरिराख्नु पर्यो । जहाँ अन्याय, अत्याचार र दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ, भन्ने कुराको पुष्टि नेपालको प्रजातान्त्रिक आन्दोलनले पुष्टि गरिदिएको छ । राणा शासकहरुले अचाक्ली गरेपछि जनतामा यसको विरुद्दमा उभ्भिनुको विकल्प थिएन र होमिए राणा शासन उखेलेर फाल्ने आन्दोलनमा । राणा शासनको विरुद्द विस्तारै उठेका आवाजहरु अन्तिममा यति बलशाली रुपमा देखापर्यो कि यसले क्रान्तिकै रुप लियो । राणा शासन हटाउन भएका संघर्षका क्रममा धेरैले आफ्नो जीवन गुमाएका थिए, कैयन अंगभंग भएका थिए ।  राणा शासनको सामना गर्न नसकेर भारतमा लामो समयदेखि आफ्नो परिवार सहित राजा त्रिभुवन बसेका थिए । सम्झौतालगत्तै राजा त्रिभुवन स्वदेश फर्किए । भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आएको भोलिपल्टै ७ गते प्रजातन्त्रको घोषणा गरिएको थियो ।

 

photo

NOC1-250x300