people Nepal » जब आमिर १६ बर्षपछि अवार्ड थाप्न स्टेज चढे… जब आमिर १६ बर्षपछि अवार्ड थाप्न स्टेज चढे… – people Nepal

जब आमिर १६ बर्षपछि अवार्ड थाप्न स्टेज चढे…

amir-khan

बलीउडस्टार आमिर खानलाई ७५ औं मास्टर दीनानाथ मंगेशकर पुरस्कारबाट सम्मानित गरिएको छ । प्राय कुनै पनि अवार्ड कार्यक्रमहरुमा नदेखिने आमिरलाई करिब १६ बर्षपछि कुनै यस्तो समारोहमा भेटिएको हो । भारतरत्न लता मंगेशकरको परिवारद्धारा प्रदान गरिँदै आएको दीनानाथ मंगेशकर पुरस्कारका लागि यस बर्ष आमिर खानलाई उनको फिल्म फिल्म ‘दंगल’ बाट चुनिएको हो। 

 आमिर खानलाई उक्त अवार्ड संघका प्रमुख मोहन भागवतले प्रदान गरेका थिए । यसभन्दा पहिला आमिर आफ्नो फि‍ल्म ‘लगान’ का लागि एकेडमी अवार्ड (अस्कार) कार्यक्रममा पुगेका थिए ।

बलीउड अभिनेता आमिर खानका अलवा क्रिकेटर कपिल देव र अपने जमानेकी चर्चित अभिनेत्री वैजयंती मालालाई पनि ७५ औं मास्टर दीनानाथ मंगेशकर पुरस्कारबाट सम्मानित गरियो ।