जनकपुरमा एमाले नेतालाई मोर्चाका कार्यकर्ताले गरे रामधुलाई

bamdev-Gautamमहेन्द्रनगर (धनुषा), ११ फागुन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा रेडियो जनकपुर ९७ मेगाहर्जका अध्यक्ष शीतल साहमाथि जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले बुधबार आक्रमण गरी घाइते बनाएका छन् । पत्रकारलाई मोटरसाइकलमा जाँदै गर्दा पछाडि तानेर कुटपिट गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसअघि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुई वटा झ्यालको सिसा फुटेको छ । मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परे । मङ्गलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई आज एमाले नेता रघुवीर महासेठको घरमा बसेका बेला मोर्चाका नेता कार्यकर्ताले घेराउ गरेका छन् । नेता महासेठको घरमा तोडफोड र नेता गौतमलाई घेराउ गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा केहीबेर झडप भएको थियो । झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सद्भावना पार्टीका राजु साह र कुलदीप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले आज मधेस बन्द गरेको छ । मधेस बन्दका क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा र्‍याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन् । यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् । मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भक्तपुर क्षेत्र नं. २ प्रदेश (क) मा एमालेका किरण थापा विजयी

८ मंसिर,भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार

माओवादी केन्द्रको गढ मानिने रुकुम पुर्वमा पनि स्वतन्त्र उम्मेदवार विजयी

७ मंसिर,काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रको गढ मानिने रुकुममा पनि स्वतन्त्र उम्मेदवार सुरल

मतदान कार्यमा जेष्ठ नागरिकहरु उत्साहित,म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

४ मंसिर,म्याग्दी । जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान

मानव तस्कर राजनीति र फ्री भिसा फ्री टिकट गरिब झुक्याउने नाटक

नेपाली युवाहरूलाई बिश्वका श्रम बजारहरुमा बिक्री गर्नको निमित्त वैदेशिक रोजगार बिभागले स्थापित गरेको फ्री भिसा

मालेमा केन्द्रको चुनाव बहिस्कार कार्यक्रम यथावत,व्याक भोटको प्रचार गरेकोमा आपत्ति

१ मंसिर, हेटौंडा,नेकपा (मालेमा केन्द्र) ले लिएको आगामी संसदीय तथा प्रदेशसभाको निर्वाचन बहिष्कारको निति यथावत