‘छक्का पञ्जा २’को दोस्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौं, १२ भदौ – नेपाली चलचित्र ‘छक्का पञ्जा २’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिमी उता किनारमा’ बोलको गीत हाइलाइट्स नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

यसअघि फिल्मको शीर्ष गीत ‘नाइलनको साडीमा’ सार्वजनिक भएको थियो । उक्त गीतले चर्चा पाउनुका साथै विवादमा समेत तानिएको थियो ।

हरिबंश आचार्य र वर्षा राउतको स्वरले दिएको फिल्मको दोस्रो गीतलाई किरण कँडेलले संगीत भरेका छन् । यस गीतलाई उत्तम संजेलले लेखेका हुन् ।
गीतको म्युजिक भिडियोमा विल्सन विक्रम मल्ल, बुद्धि तामाङ, प्रियंका कार्की, दीपकराज गिरीले अभिनय गरेका छन् ।

विपिन मल्लले सम्पादन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने गीतमा कविराज गहतराजको कोरियोग्राफी देख्न पाइनेछ ।

भिडियो हेर्नुहोस् :

 

photo

NOC1-250x300