१३ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ का च्यातिएको मतपत्र आज सर्वाेच्च अदालतमा पेश गरिएको छ ।
चितवनबाट पठाइएको मतपत्र प्राप्त भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जिल्लाका राजनीतिक दलसँगको छलफलमा हिजो मतपत्र काठमाडौ पठाउने सहमती भएको थियो ।
असार ६ गते सर्वाेच्च अदालतले एक साताभित्र सबै सक्कल प्रतिवेदन पेश गर्न भनेको थियो । सोही अनुरुप अन्तिम दिन आज सबै विवरण बुझाइएको हो ।
स्थानीय प्रशासनले मतपत्र च्यातिएको विषयमा माओवादी कार्यकर्तामाथि लगाईएको मुद्दाको फाईल र तत्कालिन अवस्थाको प्रहरीको प्रतिवेदन पनि पठाएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।
त्यसको अध्ययन गरी सर्वाेच्चले फैसला गर्नेछ । गएको जेठ १४ गते राती भरतपुर वडा नं. १९ को मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए ।
महानगरमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रमुख पदको प्रतिस्पर्धामा छन् ।
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा
काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको
काठमाडौँ, १५ साउन । आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर