March 13, 2017

चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन

काठमाडौं – निर्वाचन आयोगले ७ वटै ४४ स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी तत्काल कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले वैसाख ३१ मा हुने चुनावका लागि स्थानीय तहमा अनिवार्य रूपमा कर्मचारी आवश्यक पर्ने उल्लेख गर्दै चैत ३ भित्र कार्यस्थलमा पुग्ने गरी कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको खबर आजको कान्तिपुरमा छ ।

७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आउनुअघिका २ सय १७ नगरपालिका ९महानगरपालिका र उपमहानगरपालिकासमेत० मा मात्र कार्यकारी अधिकृतसहितका कर्मचारी छन्, बाँकी ४ सय ८१ गाउँपालिकासहित ५ सय ३३ वटा स्थानीय तहमा कर्मचारी छैनन् । कर्मचारी नभएकाले बहुसंख्यक स्थानीय तहमा कामै सुरु हुन सकेको छैन ।

आयोगका पदाधिकारीले मुख्यसचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसित आइतबार छलफल गरी स्थानीय तहको चुनावको प्रक्रिया अघि बढाउन कर्मचारी आवश्यक पर्ने भएकाले तत्काल खटाउन निर्देशन दिएको हो ।

आयोगले निर्वाचनसम्बन्धी कार्य गर्न प्रत्येक स्थानीय तहमा कायममुकायम वा निमित्त मुकरर गरी आयोगलाई जानकारी दिन स्थानीय विकास मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । आयोगले सामान्य र स्थानीय विकास मन्त्रालयलाई आपसमा समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।

आयोगले स्थानीय तहमा सम्भव भएसम्म सम्बन्धित सेवा–समूहका स्वीकृत दरबन्दीबमोजिमका कर्मचारी खटाउन र नभएमा मात्र अन्य उपयुक्त सेवा–समूहबाट व्यवस्थापन गर्नसमेत निर्देश गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन अवधिभर चुनाव सम्पन्न गराउने कार्यमा संलग्न हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा नखटाउनसमेत निर्देशन दिएको छ ।

‘कुनै पनि मन्त्रालय, निकाय र विभागबाट गोष्ठी, तालिम, सेमिनार आदि सञ्चालन गर्ने, तर एकै जिल्लाभित्रका कर्मचारीहरू सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम सञ्चालन गर्नुपरेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सञ्चालन गर्न सकिनेछ’ आयोगको लिखित निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका

यूएईमा एक नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

२१ माघ, काठमाडौं  । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता

२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री आज स्वदेश फर्कदै

  २१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै