चेल्सीले म्यानचेष्टर सिटीलाई हरायो

Chelsea-photo-768x497२४ चैत, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा चेल्सीले म्यानचेष्टर सिटीलाई हराएको छ ।

बुधबार राति भएको खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई हराउँदै २-१ को महत्त्वपूर्ण जित निकालेको हो ।

घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले १० औं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा एग्युरोले बराबरी गोल फर्काए ।

तर, ३५ औं मिनेटमा हजार्डले नै दोस्रो गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र चेल्सी विजयी भएको छ । जितसँगै लिगमा ८ खेल खेल्न बाँकी छँदा चेल्सीले ७ अंकको अग्रता कायमै राखेको छ । उसको ७२ अंक छ भने दोस्रो स्थानमा रहेको टोटनहृयामको ६५ अंक छ ।

सिटी भने ५८ अंकका साथ चौथो स्थानमा छ ।

 

photo

NOC1-250x300