चुनाव अघि कुनै पनि पार्टीसँग एकता सम्भव छैन : गङ्गानारायण श्रेष्ठ

२१ साउन,काठमाण्डौ  – नयाँ शक्ति पार्टी नेपालका नेता गंगा नारायण श्रेष्ठले चुनाव अघि कुनै पनि पार्टीसँग एकता सम्भव नभएको वताएका छन् ।

पछिल्लो समय मावोवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल  एकताको कुरा केहि अनलाइन मिडिया मार्फत सार्वजनिक भएको थियो । उनले भने , “गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समाबेशी जस्ता नीति लिएका सबै पार्टी सँग चुनावी गठबन्धन सम्भव छ तर, एकता भने चुनाव अघि सम्भव छैन । ”

पार्टीले भर्खरै तोकेको पाँच जना सहसंयोजकको भूमिकाको वारेमा प्रश्न गर्दा उनले भने, “यो रणनितिक महत्वको विषय हो। यो सँग सम्बन्धित रहेर हाम्रो छलफल जारि छ । तर, संयोजकनै उपचारको क्रममा रहेकाले निर्णय हुन् केहि समय लाग्छ । ”

गंगानारायण श्रेष्ठ नयाँ शक्ति पार्टीको प्रदेश नम्बर ३ संयोजक हुन् ।

 

photo

NOC1-250x300