चुनावचिन्हविनै नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले मिति २०७३ भाद्र ७ गतेको मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी दिएको हो । आयोगको दल दर्ता किताब अनुसार नयाँ शक्ति पार्टी, नेपालको दर्ता नं. रा. ५६ रहेको आयोगको पत्रमा उल्लेख छ । Nirbachana-e1472035165606

आयोगको २०७३ भाद्र ५ गतेको बैठकबाट निर्वाचन प्रयोजनका लागि नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिएको जनाउँदै पत्रमा उल्लेख छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरी दिने तथा सो दलको कार्यकारी समिति, विधान (निर्वाचन चिन्ह सम्बन्धी प्रावधान बाहेक) र झण्डालाई प्रमाणित गरी दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’ आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने स्वीकृत भएको छैन । ‘हाललाई आयोगले चुनाव चिन्हसम्बन्धी प्रावधान स्थगित गरी दल दर्ता गरेको छ’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने, ‘आयोगले निर्वाचन चिन्हको बारेमा पछि निर्णय गर्ने जनाएको छ’ गत असार २६ गते नयाँ शक्ति, पार्टी नेपालले संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा निर्वाचन आयोग पुगी राजनीतिक दल दर्ताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी

अर्थतन्त्रप्रति गम्भीर बन्न विज्ञको आग्रह : श्रीलङ्काको अवस्थामा पुग्ने चेतवानी

काठमाडौँ, ९ वैशाख : अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर

सडक निर्माणमा अनियमितता:७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा

सत्ता गठबन्धन बैठक : आजै संयुक्त अपिल जारी गर्ने

काठमाडौं । सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने भएको छ । आज बालुवाटारमा बसेको

माओवादीलाई बढी बिश्वास गर्नु एमालेको महभुल: बिश्नु रिमाल

नेपाल दुईदलीय व्यवस्थातर्फ गइरहेको छ, अरू एमाले र कांग्रेसका स्याटलाइट हुन् : विष्णु रिमाल (भिडिओ