चीनले भारतलाई दियो चेतावनी : यसको मूल्य भारतले चुकाउनु पर्छ

china
काठमाडौं, ९ वैशाख, भारतमा निर्वासन जीवन विताइरहेका बौद्ध धर्म गुरु दलाई लामालाई प्रयोग गरेर खेल खेल त्यो आफूलाई मान्य नहुने चीनले चेतावनी दिएको छ ।

चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार अरुणाञ्चल प्रदेशको छ स्थानको नाम राखेको प्रति भारतले दिएको प्रतिक्रिया वाहियात भएको बताएको छ ।

पत्रिकाले भारतद्वारा दलाई लामा कार्ड प्रयोग, चीनसँगको क्षेत्रीय विवाद बढ्यो शीर्षकमा लेख प्रकाशन गरेको छ ।
लेखमा भारतले यस विषयलाई गम्भीरतासँग लिन आवश्यक रहेको बताउँदै चीनले यस बारेमा दक्षिण तिव्वतमा मानकीकृत नामको घोषणा गरेको जनाएको छ ।

उसले भारतलाई दलाई लामालाई प्रयोग नगर्न चेतावनी दिदै बेवास्ता गरेमा यसको मूल्य भारतले चुकाउनु पर्ने चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सले दक्षिणी तिव्वत ऐतिहासिक रुपमा चीनको हिस्सा भएको र त्यहाँको नाम स्थानीय जातिय संस्कृतिको हिस्सा भएको बताएको छ । उसले स्थानीय बोलिचालीको नाम राख्नु जायज भएकोसमेत जनाएको छ ।

चीन अरुणाञ्चल प्रदेश दक्षिण तिव्वत भएको बताउँदै आएको छ र उसले १९ अप्रिलमा भारतको पूर्वोत्तर राज्यको ६ स्थानको आधिकारीक नाम समेत दिएको छ ।

चीनको यो कदम दलाई लामाले सीमावर्ती राज्यको यात्र गरेको भन्दै भारतको कडा विरोध गरेको केही दिन पछि आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य

सिन्धुज्वाला हाईड्रोपावरको ठगिधन्दा,भवन निर्माणको भुक्तानीदेखि सेयर सदस्यहरुको ५४ करोड हिनामिना

३असोज,काठमाडौं। सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले सेयर सदस्यहरू बाट संकलित

रोमानिया बस्ने नेपालीहरुलाई खुशीको खबर अब केहि मिनेटमै नेपाल पैसा आईपुग्ने

३असोज,काठमाडौं। अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा

समाजसेवी दुर्गा प्रसाईं द्धारा दुबईमा अलपत्र ५ नेपाली र १ अलपत्र शवको उद्धार गर्दै

३१भदौ,काठमाडौं। युवा नेता,समाजसेवी एवं व्यवसायी दुर्गा प्रसाईंले द्रव्य पिचासहरूको पासोमा परी रोजगारीको आसमा भिजिट भिसाहुँदै

नेपालको भारतमाथी ऐतिहासिक विजय

३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ