चितवन, चैत २२ – दुई दिनअघि देख नै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा क्याम्प खडा गरी गैँडाको वासस्थानको अध्ययन गरिएको थियो । गैँडा नियन्त्रणमा लिनका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए ।
सोमबार बिहानै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा वनदेवीको पूजा गरिएको थियो । त्यस अवसरमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले टोलीलाई आवश्यक निर्देशन दिनुभएको थियो ।
नेपाली सेना, दातृ संस्थाहरु, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जियोलोजिकल सोसाइटी लगायतका प्रतिनिधि गरी झण्डै एक सय जना परिचालन भएका छन् । गैँडा पठाउनका लागि तीनवटा खोर तयारी अवस्थामा राखिएको छ ।
सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई बेहोस वनाउने औषधि राखिएको गोली हानेर (डाट) गरी स्थानान्तरणका लागि ट्रकमा राखिएको शुक्लाफाँटा लैजाने लगिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
निकुञ्जको सुखीभार क्षेत्रमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई र क्षेत्रीय वन निर्देशक गणेश झाले डाट गर्न प्राविधिक टोलीलाई हस्तान्तरण गरी गैँडा खोज्ने काम सुरु गरिएको थियो । पहिलो भाले गैँडालाई निकुञ्जका प्राविधिक तिर्थबहादुर लामाले रुखमा चडेर डाट गर्नु भएको थियो । डाट गरेको ५ मिनेटमा गैँडा घाँसे मैदानमा ढलेको थियो । ३० वटा हात्तीले घेराहालि गैँडालाई बिचमा पारेर डाट गरिएको थियो । झण्डै १५ वर्षको वयस्क भाले गैँडा ४ सय २६ सेन्टिमिटर लामो छ । गैँडालाई ५८९४ नम्बरको कलर आईडी लगाईएको गैँडालाई डाट गरेर ढलेपछि गैँडालाई काठबाट पिर्का झै बनाइएको ठूलो स्ल्यापमा राखेर डोजरले स्ल्याप घिसारेर ट्रकमा राखिएको थियो ।
यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाटामा गैँडाको संख्या १४ पुग्नेछ । शुक्लाफाटामा गैँडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यही निर्णय अनुरुप गएको वर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो
From:ujyalo online
३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह
पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध