चार बर्षिया वालिकालाई मामाले गरे बलात्कार

६ साउन, काठमाडौं । कंचनपुरको वेलौरी नगरपालिका वडा नम्वर १० भुडाकी चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय २५ वर्षिय युवक खेमराज पन्तले चार वर्षिय बालिकालाई बल्तकार गरेका हुन । घरमा कोही नभएको अवस्थामा ललाई फकाई बल्तकार गरेको पीडित बालिकाले वताएकी छिन । पिडक पन्त बालिकाका मामा नाता पर्ने जनाईएको छ ।

घटना विहीबारको भएपनि घटना पश्चात सिविन नेपालले संचालन गरेको बालहेल्पलाईन १०९८ मा परेको उजुरीका आधारमा बालिकाको आज उद्धार गरिएको सिविन नेपालका क्षेत्रिय संयोजक माधव लोहनीले जानकारी दिए ।

अहिले पिडकलाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको र अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । पिडित वालिका सिविन नेपालको सुरक्षामा रहेको र उनको स्वास्थ्य उपचार भै रहेको जनाईएको छ ।

 

photo

NOC1-250x300