कपालमा चाया परेर मानिसहरु चिन्तित हुने गरेका छन् । चायाले मानिसको सौन्दर्यमा प्रभाव पार्ने गरेको पाइन्छ ।
आज हामी तपाईलाई चाया हटाउने केही घरेलु उपचारको बारेमा चर्चा गर्नेछौं । यी हुन् चाया कम गर्ने घरेलु उपायहरु:
अण्डाको पहेलो भाग अर्थात् रानो दहीमा मिसाएर कपालमा लगाएको आधा घण्टापछि नुहाउने ।
कागतीको रसमा थोरै मरिच मिसाएर लगाउने र केही समयपछि पखाल्ने ।
कपालमा वास्नादायक तेलभन्दा पनि शुद्ध तोरीको तेल लगाउने ।
अरुले प्रयोग गरेको काइँयो, हेयर क्रिमहरु प्रयोग नगर्ने ।
बजारमा पाइने रासाइनिक स्याम्पुहरु प्रयोग नगर्ने ।