एजेन्सी ,फागुन १९ ।जलबिद्युत उत्पादन गर्नमा विश्वको सबैभन्दा बिशाल र ख्याति प्राप्त कम्पनी थ्री जर्जेज्ले आफ्नो स्थापनाकालको चौध वर्षमा दश खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स–केडब्लुएच) जलबिद्युत उत्पादन गसिकेको जनाइएको छ ।
सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका बिभिन्न मुलुकका जलबिद्युत उत्पादन परियोजना सञ्चालन गरी आजका मितिसम्म दश खर्ब किलोवाट जलविद्युत उत्पादन, वितरण र ब्यवस्थापन गरिसकेको दाबी गरेको छ ।
हाल थ्री जर्जेज् कर्पोरेसनको स्वामीत्वमा जल नियन्त्रण गर्न सक्ने बहू–उद्देश्यीय प्रणालीयुक्त एउटा बिशाल बाँध, एकै पटकमा सात लाख किलोवाट जलबिद्युत उत्पादन गर्न सक्ने बत्तीस वटा हाइड्रो पावर टर्बो जेनरेटर, एउटा भीमकाय पाँचतले पानीजहाज र एउटा बिशाल शिपलिफ्ट यन्त्र छन् ।
बिश्वमा ठूलठूला नदीमा आउने बाढी नियन्त्रण गर्नमा, अति ठूलो परिमाणमा जलबिद्युत उत्पादन गर्नमा तथा ठूला नदीहरुमा चल्ने पानीजहाजको यातायात ब्यबस्थापन वा नियमितिकरण गर्नमा थ्री जर्जेजले हात हालेका परियोजनाहरुले राम्रो ख्याति आर्जन गरिरहेका छन् ।
जलबिद्युत उत्पादनमा थ्री जर्जेजको कूल वार्षिक क्षमता ८८ अर्ब २० करोड किलोवाट रहेको र प्रत्येक युनिटले बार्षिक दुई करोड पच्चीस लाख किलोवाटसम्म जलविद्युत उत्पादन गर्न सक्ने हाइड्रो–पावर प्लान्ट जडान र सञ्चालन गर्ने क्षमता यस कर्पोरेशनसँग रहेको समेत दाबी गरिएको छ ।
५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा
काठमाडौं । नेपाल टेलिकमले ओटिपीको मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
८ पुस, काठमाडौं । नेपालकै सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड नोकिया
२० मंसिर,काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे वापत ग्राहकलाई
१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा