चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौं, ६ भदौ – चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रमा पल शाह र आँचल शर्मालाई फिचरिङमा देख्न सकिन्छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट राम्रो प्रतिक्रिया पाएका पल शाह युवापुस्तामाझ लोकप्रिय छन् । पल र आँचलका अतिरिक्त फिल्ममा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाल गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

नितिन चन्दले निर्देशन गरेको चलचित्रको कथा र संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका हुन् भने रुपेश थापा र रामशरण उप्रेतीले फिल्मलाई खिचेका हुन् । चलचित्र यही भदौ ३० गतेबाट प्रदर्शन हुँदैछ ।

 

photo

NOC1-250x300