६ जेठ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणना अनुसार वडा नं– १३ मा नेकपा (एमाले) का बालमुकुन्द विडारीले एक हजार १० मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् ।
एमालेका उम्मेदवार ईश्वरी पनेरु, मैया नेपाली र रामकुमारी भण्डारी तीन जना सदस्यमा तथा काँग्रेसका रामकुमार बोगटी सदस्यमा निर्वाचित भएका छन् ।
प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार १० हजार ४४२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले सात हजार ७२२ मत प्राप्त गरेका छन् ।
हालसम्म उपप्रमुखमा एमालेका लीसा नकर्मीले आठ हजार ८४५ मत प्राप्त गरेका छन्, सोही पदमा काँग्रेसका इन्द्रावती श्रेष्ठले आठ हजार ६१५ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए ।
कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । बाँकी वडाको गणना आजै साँझसम्म सक्ने तयारी भएको बताइएको छ । रासस
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको