
१फागुन, काठमाडौं– नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधान न्यायाधिश शुसिला कार्किको एकल इजलाशले आज विहान मात्रै सरकारले गरेको निर्णय कार्यान्वय नगन आदेश दिएको हो ।
गत शुक्रवार बरियता मिचेर तिन नम्बरमा रहेका चन्दलाई आईजिपी बनाउन खोजिएको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए । कार्कीले सँगै प्रहरी सेवामा प्रवेश गरेर डिआईजी भएका ११ जनाको फाईल कार्यसम्पादन मुल्यांकन फाईल समेत झिकाउन आदेश गरेकी छिन् ।
कार्यसम्पादन मुल्यांकनमा सिलवाल एक नम्बरमा छन् ।