२ वैशाख, इलाम । देउमाई नगरपालिका-२ मा एक युवकको शनिबार चट्याङ लागेर मृत्यु भएको छ ।
घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।