२२ चैत, ताप्लेजुङ । सोमबार दिउँसो परेको चट्याङ लागेर जिल्लाको श्रीङजङ्गा-२, पेदाङका एक किशोरको मृत्यु भएको छ । २ घाइते छन् ।
चट्याङले गंगाराम विकका १४ वषर्ीय छोरा खेमराज विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चट्याङले १२ वषर्ीय रमेश विक र गुणराज भण्डारी सामान्य घाइते छन् ।