तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ रु कोल्टे, उत्तानो वा घोप्टो रु यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।
खासगरि छारे रोग भएका मानिसहरु पेटमा दबाब पर्नेगरि घोप्टो परेर सुत्नु सबैभन्दा खतरनाक हुने शोधकर्ताहरुको ठहर छ ।
अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले अनियन्त्रित छारे रोग भएका मानिसहरुमा मृत्युको कारण आकस्मिक मरण नै रहेको र त्यस्तो मरण मानिस सुतेको बेला नै हुने गरेको पाइएको छ ।
शोधकर्ता जेम्स ताओका अनुसार विभिन्न २ सय ५३ वटा मृत्युका घटनाका विषयमा भएका २५ वटा अध्ययनको विश्लेषण गरि यस्तो निष्कर्ष निकालिएको हो ।
छारे रोग लागेका मानिसहरु जो सुतेको सुत्यै मर्दछन् उनीहरु मध्ये ७३ प्रतिशत मानिसहरु घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाइयो ।
छारे रोगका विरामीहरु कुनैपनि समयमा अचेत हुने र अचेत भएपनि आफै उठ्ने क्षमता हुँदैन । पेट थिचेर सुतेको अवस्थामा अचेत हुँदा त्यस्ता रोगीहरुको स्वास प्रस्वास प्रक्रियामा समेत अवरोध हुने र अन्य मानिसले समेत बेहोस भएको भेउ नपाउने भएकाले बेहोस भएको छारे रोगीको उद्धार हुने र ब्युँझिने सम्भावना कम हुन्छ ।
शोधकर्ताहरुले छारे रोग भएकाहरुले कोल्टे परेर सुत्नु सबैभन्दा उत्तम हुने सल्लाह दिएका छन् । अनलाइन जर्नल न्युरोलोजीमा यस सम्बन्धि शोध प्रकाशित भएको छ ।
विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित भएको बताइन्छ ।
२२ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै