February 14, 2017

घुस लिँदालिँदै उपन्यायाधिवक्ता घिमिरे पक्राउ

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।

घिमिरेले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत् मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घुस मागेका थिए।

अख्तियारको टोलीले सुविधामार्गस्थित ताज बैंक्वेट अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो। आयोगले घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

२९४ रुपैयाँमा २० जीबी डाटा : नेपाल टेलिकमको चुनावी अफर

२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा

निर्वाचन आयोग आचारसंहिता भनेको भन्यै गर्ने तर कसैले नटेर्ने !

मुलुकमा यतिखेर चुनावी माहौल तातेको छ । सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ

प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

२० कार्तिक,दोलखा । निर्वाचन आयोगले दोलाखाको  प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रअनुसारको विवरण

निर्वाचन आयोगले सय वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाउने

१६,कार्तिक,काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग

ट्राफिक प्रहरीको काम गर्ने शैली र बोलीवचनमा कहिले सुधार आउला ?

ट्राफिक प्रमुख मीरा चौधरीलाई आम सर्वसाधारणको प्रश्न,‘तपाईले ट्राफिक व्यवस्थापन मात्रै गर्न निर्देशन दिने कि गल्ती

कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष लामिछानेलाई निर्वाचन आयोगको स्पष्टीकरण

१५ कार्तिक,काठमाडौं । निर्वाचन आयोगले पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष राम शर्मा