घरमाथि खस्यो ट्रक

 

अछामको साफेबगर नगरपालिका ४ मा माल बाहक ट्रक दुर्घटना भएको छ ।

साफेबगरको छिपेखोला नजिकै दुर्घटना भएको हो । साफेबगरको छिपेखोला स्थित आचर्य ट्रेडसको ग्यास सिलिन्डर बोकेको से १ ख १५०१ नम्बरको माल बाहक ट्रक आचार्य ट्रेडस अगाडि घुमाउन खोज्दा ब्रेक नलग्दा दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा स्थानीय रोशन राईको घर भत्किएको छ । ट्रक घरको छतमा चढेको थियो ।

दुर्घटना पछि जेसिबि प्रहरी र स्थानीय युवाहरुको सक्रियतामा ट्रक बाहिर निकालिएको थियो । दुर्घटनामा मानबिय क्षेती भने भएको छैन । करिब २ घन्टा सम्म सडक अबरुद्ध हुँदा साफे(मङगलसेन, अछाम बाजुरा तथा साफे डोटी, डडेलधुरा लगयतका ठाँउहरुमा जाने यात्रुहरुले सास्ती बेहोरेका थिए ।

 

photo

NOC1-250x300