गौरादह नगरपालिकामा काँग्रेस विजयी

election-congress_LvsMYpJb9qअसार २१, दमक – झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । 

उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । 
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गर्नुभयो । 

यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित हुनुभएको छ । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं। २, ६ र ९ को वडाध्यक्षमा काँग्रेस तथा वडा नं। १, ३, ४, ५, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएका छन् । 

 

photo

NOC1-250x300