गोल्छा समूहबाट व्यापक राजस्व अनियमितता भएको खुलासा

 

84545926विराटनगर, साउन १० । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्योट आयोगको आडमा अर्बाँै राजस्व अनियमितता गरेको आरोपमा पक्राउ गरेसँगै विराटनगरको गोल्छा समूहले गरेको राजस्व अनियमितताहरु खुल्नथालेको छ ।

केही वर्षअगाडि गोल्छा समूहमा भएको आर्थिक विवादका कारण पारिवारिक अंशबण्डापछि गोल्छा समूहले नै सञ्चालन गरेको उद्योगबाट करोडौँको राजस्व छुुट लिएको तथ्य सार्वजनिक भएसँगै गोल्छा समूहले सञ्चालन गरेको हंसराज समूहका सञ्चालक एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एचएचएण्ड कम्पनीको नाममा गरेको अनियमितता खुल्न पुगेको छ । कर फछ्र्योट आयोगको गठनसँगै शेखर गोल्छाले नक्कली भ्याट बिल प्रकरण पनि उक्त आयोगमार्फत नै मिलान गर्नुपर्ने प्रयास गरेको रहस्य अहिले आएर खुलेको हो ।

गोल्छा समूहका सुरेन्द्र गोल्छाको अंशमा परेको विराटनगरको मिल्स एरियामा सञ्चालित हुलास मोटर्सका नाममा आर्थिक वर्ष ०५७÷०५८ देखिको अन्तःशुल्क तथा मू.अ. कर गरी एक करोड ७३ लाख राजस्व हुलास मोटर्सले बुझाउनुपर्ने किटान गरिएको थियो । तर सञ्चालक सुरेन्द्र गोल्छाले कर फछ्र्योटको नाममा ४० लाख मात्र राजस्व बुझाउनुपर्ने र बाँकी रकम सम्बन्धित उद्योगीलाई फिर्ता गर्ने निर्देशन भएपछि लामो समयदेखि सुरेन्द्र गोल्छाको हुलास मोटर्स प्रकरणमा विवाद रहेको स्रोतले बताएको हो । त्यस्तै गोल्छा समूहका शेखर गोल्छाले चलाएको एचएचएण्ड कम्पनीले बजाज कम्पनिको डिलरसिप चलाएबापत नेपालमा बिक्री भएका मोटरसाइकलबाट असुल गरिएको मू.अ. करबापतको करिब ४२ करोड रकम नक्कली भ्याटबिलमा परेपछि अहिले उक्त प्रकरण गोल्छा समूहका लागि टाउको दुःखाइको विषय बन्नपुगेको दाबी स्रोतले गरेको छ । स्रोतका अनुसार हुलास मोटरका सञ्चालक सुरेन्द्र गोल्छालाई एक करोड ७३ लाखबाट ४० लाख राजस्व कट्टा गरी बाँकी सबै रकम फिर्ता दिने भन्ने कर फछ्र्योट आयोगको निर्णय सार्वजनिक भएपछि गोल्छा समूहको नक्कली भ्याट बिल प्रकरण पनि सार्वजनिक भएको छ । सञ्चालक शेखर गोल्छा उद्योग वाणिज्य महासंघमा उच्च तहमा आसिन भएपछि उक्त घटनालाई पनि मिलाउने प्रयास हुनसक्नेतर्फ सचेत हुनुपर्ने बेला आएको कुरा स्थानीय उद्योगी एवं व्यवसायीको तर्क उठ्नथालेको छ । स्रोतका अनुसार कर फछ्र्योट आयोगको गठनसँगै नक्कली भ्याट बिल प्रकरण पनि समावेश गर्न आयोगमा शेखर गोल्छाको विशेष जोड रहेको भए पनि तत्कालीन अर्थ मन्त्रालयका सचिवदेखि सहसचिव र उपसचिव समेत नक्कली भ्याट बिल प्रकरणको विपक्षमा रहेपछि सरकारले बाध्य भएर कर फछ्र्योट आयोगमा नक्कली भ्याट बिल प्रकरण समावेश गर्न नसकेको दाबी पनि स्रोतको छ । जसले गर्दा हालसम्म पनि नक्कली भ्याट बिल प्रकरणले निकास नपाएर त्यसै थन्किएर बसेको रहस्य स्रोतले खोलेको छ । आफूलाई देशकै उच्च घरानाको उद्योगी भनी दाबी गर्ने गोल्छा समूहमा कल्पना गरेभन्दा ठूलो रकमको राजस्व अनियमितता भएको दाबी स्रोतको छ । आर्थिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध