‘गोलमाल अगेन’ले कमायो दुई सय करोड

‘गोलमाल अगेन’ले भारतीय बक्स अफिसमा दुई सय करोड भारु कमाएको छ । विगत एक महिना देखि प्रर्दशनरत फिल्म ‘गोलमाल अगेन’को कलेक्शन अझै रोकिएको छैन् ।

golmal-again

आइतवार र शनिवार गरि भारतमा यो फिल्मले ३ करोड भारु कमाउँदै भारतीय बक्स अफिसको दुई सय करोड क्लबमा प्रवेश गरेको हो । दुई सय करोड क्लबमा प्रवेश गर्ने अजय देवगनको यो पहिलो चलचित्र हो भने निर्देशक रोहित शेट्टीको दोस्रो फिल्म हो । रोहितले निर्देशन गरेको फिल्म ‘चेन्नई एक्प्रेस’ले यसअघि दुई सय ४० करोड भारु कमाएको थियो ।

हाँस्यरसमा बनेको यो ‘गोलमाल अगेन’ अझै पनि भारतमा प्रदर्शन भइरहेको छ । यो ‘गोलमाल’को चौँथो सिक्वेल हो । फिल्म चलेपछि निर्देशक शेट्टीले ‘गोलमाल पाँच’ बनाउने घोषणा गरेका छन् । परिणीति चोपडा, तब्बु, तुषार कपुरको फिल्ममा मुख्य भूमिका छ । साथै नाना पाटेकरको अथिति भूमिका छ ।

 

photo

NOC1-250x300